यस्तो जीवनसाथी चाहन्छिन्, अभिनेत्री बेनिशा हमाल
मकालु खबर
२०७६ साउन १० गते
काठमाडौं, १० साउन । म अहिले चलचित्र क्षेत्रमा छु, त्यसैले मेरा हुनेवाला जीवनसाथी मेरो पेसालाई बुझ्ने तथा सम्मान गर्ने हुनुपर्छ । आजको साप्ताहिकमा अभिनेत्री बेनिशा हमालले भनेकी छन् :
जीवनसाथीसँग मनसँगै विचार पनि मिल्न जरुरी छ । आफ्नो जीवनसाथी बौद्धिक भएदिए हुन्थ्यो भन्ने लाग्छ । आफ्नो जीवनसाथी सेन्स अफ ह्युमर भएको होस् भन्ने चाहना छ ।
null
हरेक अवस्थामा आफ्नो साथै पार्टनरको सहजताबारे पनि ख्यान गर्ने जीवनसाथी भैदिएहुन्थ्यो भन्ने लाग्छ ।
मलाई मायाका साथसाथै ससाना कुरामा केयरिङ गरेको असाध्यै मन पर्छ। आफ्नो मान्छेलाई के कुरा मन पर्छ/पर्दैन भन्ने कुरामा चासो राख्दा माया अझ प्रगाढ हुन्छ ।
मेरो जीवनसाथी चलचित्र क्षेत्रभन्दा बाहिरको होस् भन्ने लाग्छ । किनभने त्यसो भयो भने समय समायोजन गर्न सहज हुन्छ ।
मकालु खबर
२०७६ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित