समाजवादी पार्टीका असन्तुष्ट नेता-कार्यकर्ता भोलि नेकपा प्रवेश गर्ने

असार १८, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबीच एकता भएपछि असन्तुष्ट बनेका केही नेता तथा कार्यकर्ता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् । 

पार्टी एकताप्रति असन्तुष्ट नेता देवेन्द्र प्रसाद पराजुली, पूर्वमन्त्री तथा नेत्री कल्पना धमला, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईं लगायतका नेताहरु नेकपा प्रवेश गर्न लागेका हुन् । 

धमला डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी विज्ञान प्रविधि मन्त्री भएकी थिइन् । धमलासँगै नेकपा प्रवेश गर्न लागेका देवेन्द्र पराजुली उनका पति हुन् । 

null

बिहीबार नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा एक कार्यक्रमबीच उनीहरु नेकपा प्रवेश गर्ने तयारी छ । 

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ पनि बिहीबार ने नेकपा प्रवेश गर्ने तयारीमा छन् । नेकपाकै समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवार मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने तयारी रहेको जानकारी दिइएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *