बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या ६० पुग्यो

 

असार २९, काठमाडौं । वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । 

प्रहरी प्रधान कार्यालयले जारी गरेको तथ्यांक अनुसार काठमाडौं उपत्यका देशका विभिन्न जिल्लामा गरी ६० जनाको मृत्यु भएको हो । जसमा ३६ पुरुष र २४ जना महिला छन् । 

null

बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५–५ जना, ओखलढुंगामा ४ जना, मकवानपुर ४, सिन्धुलिमा ४, खोटाङ र काभ्रे ३–३ जनाको मृत्यु भएको हो । 

त्यस्तै उदयपुर, धादिङ, झापा, बारा, पर्सा, मोहत्तरी धनुषा र डोल्पामा २–२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जनाको मृत्यु भएको छ । 

बाढी र डुबानमा परी अझै २६ जना बेपत्ता रहेका छन् भने ३८ जना घाइते भएका छन् । 

बेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी र पहिरोको विपत्तिमा परेका एकहजार ४ सय ४४ जनाको सकुशल उद्धार गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *