नेकपा सचिवालय बैठक बस्दै

 

साउन ५, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकतालाई पूर्णता दिन सचिवालय बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्नेछ । सचिवालय बैठकमा विभाग गठनलाई अन्तिम रुप दिइने नेताहरुले बताएका छन् । 

३२ वटा विभाग मध्ये तत्कालिन एमालेका पक्षमा १८ र माओवादीको भागमा १४ विभाग छुट्टाइएको छ । अधिकाशं विभागको नेतृत्वमा सहमति जुटेपनि स्कुल विभागमा पूर्व माओवादीले दावी यथावत् राखेको छ । 

null

महत्वपूर्ण विभाग मध्ये विदेश, संगठन, स्कुल र नीति तथा प्रतिष्ठान विभाग पूर्व एमालेको भागमा परेको थियो । आफ्नो भागमा परेको विभागमा पूर्व एमालेका नेताहरु बसेर सहमति जुटाइसकेका छन् । 

प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीसहित बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेलसहित बैठक राखेर बिभागको नेतृत्वमा सहमति जुटाएका हुन् । 

बरिष्ठ नेता नेपालले बिदेश बिभाग, खनालले नीति तथा प्रतिष्ठान विभाग, सचिवालय सदस्य गौतमले संगठन बिभाग र उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य पोखरेलले पार्टी स्कुल विभाग प्रमुख हुने टुंगो लगाइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *