नेकपा सचिवालय बैठक स्थगित

 

साउन ९, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको आज बस्ने भनिएको बैठक पनि स्थगित भएको छ । 

स्कूल विभागको नेतृत्वको विषयमा छलफल गर्न १ बजेका लागि बैठक बोलाइएको थियो । विभागहरुको नेतृत्वको विषयमा गृहकार्य पूरा नभएका कारण बैठक स्थगित भएको बताइएको छ । 

null

नेकपाभित्र स्कुल विभागको प्रमुख को हुने, को राख्ने भन्ने विषयमा अहिले तीव्र विवाद छ । पूर्व एमालेका तर्फबाट पोखरेल र पूर्व माओवादीका तर्फबाट श्रेष्ठको दाबेदारी छ । स्कुल विभागमा सचिवालय सदस्यका दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । नेता घनश्याम ढकालले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। 

पछिल्लो समय वरिष्ठ नेता झलनाथ खनालको नाम पनि स्कुल विभाग प्रमुखमा जोडिएर आउन थालेको छ । 

यसै विषयमा नेता योगेश भट्टराईले पनि आफ्नो धारणा सार्वजनिक गरेका थिए । कुनै पनि ब्यक्तिलाई उसको योग्यता, क्षमता र रुचीका आधारमा मात्रै जिम्मेवारी दिनुपर्ने उनको जोड दिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *