नेकपाले टुंगो लगायो इन्चार्ज-सहइन्चार्ज, को कहाँ ? (नामसहित)

 

साउन ५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका इन्चार्ज र सहईन्चार्ज टुंगो लगाएको छ । 

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरपालिकाका इन्चार्ज र सहईन्चार्ज टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  

null

टुंगिएका ८३ स्थान एमालेको भागमा ४५ र माओवादीको भागमा ३८ इन्चार्ज परेका छन् । इन्चार्ज पूर्व एमालेको भएका जिल्लामा सह इन्चार्ज पूर्व माओवादी र माओवादीका भागमा इन्चार्ज परेको जिल्लामा सह इन्चार्ज पूर्व एमाले रहने गरी इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिएको हो । 

प्रवक्ता श्रेष्ठका अनुसार नाम आज बेलुकासम्ममा सार्वजनिक गरिने छ । 

अर्को बैठक मंगलबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने छ । उक्त बैठकले पार्टीको विभागहरु, आयोगहरु, केन्द्रीय निकायहरु, प्रवास संगठनहरुको एकीकरणको टुंगो लगाउने छ ।  

  

 

 

 

 

 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *