अगष्ट २ मा पोखरामा फेसन शाे हुँदै

 

असार १८, काठमाडौँ । आगामी अगष्ट २ तारिखमा एएसएपीको आयोजनामा पोखरामा हेरिटेज अफ फेसन नेपाल हुने भएको छ । 

यस कार्यक्रम भिजिट नेपाल २०२० लाई लक्षित राख्दै सम्पन्न गर्न लागिएको आयोजकले जानकारी दिएका छन् । यही कार्यक्रम अष्ट्रेलियामा पनि आयोजना हुने आयोजकले जानकारी दिएकाे छ । 

null

यस शोका आयोजकले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उक्त फेशन शोमा उदाउँदै गरेका मोडलहरुले नेपालको चर्चित फेसन डिजाइनरहरुले तयार पारेका पोसाक मोडलहरुले लगाएर स्टेजमा र्‍याम्प गर्ने जानकारी दिएका छन् । 

मुस्कान रानीले कोरियोग्राफर गर्न लागेको यस शोमा पुर्खाहरुले लगाउने पहिरनदेखि हेरिटेज झल्किने पहिरन समावेश गरिने आयोजकले बताएका छन् । 

उक्त कार्यक्रममा सो स्टपरको रुपमा मोडल, कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार रहनेछन् भने कर्पोरेट क्विन २०१९’ शित्तल थापा पनि सो स्टपरको रुपमा फेसन शोमा प्रस्तुत हुनेछिन् । 

गायक धिरज राइको सहभागिता रहने यस कार्यक्रममा गायिका मिलन नेवार र प्राप्ती तुलाचनले आफ्नो प्रस्तुति देखाउने छन् । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *