नेकपा र कांग्रेसका नेताहरु समाजवादी पार्टीमा प्रवेश

 

साउन २१, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । 

समाजवादी पार्टीको केन्द्रीय कार्यालय वालकुमारीमा मङ्गलबार आयोजित पार्टी प्रवेश समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सक्रिय नेता लक्ष्मण सिंह लगायत नेता कार्यकर्ता पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । 

null

पार्टी प्रवेश गर्नेमा सदानन्द पाठक, दिपेश भट्ट, रोहित पाठक, पुरुषोत्तम उपाध्याय र ललितपुरका समाजसेवी सबिना कायस्थ, इन्दिरा शाक्य लगायतका रहेको समाजवादी पार्टीले जनाएको छ । 

नेकपा र कांग्रेसको नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरुले समाजवादी पार्टी प्रवेश गरेको बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *