सुनको मूल्य ह्वातै बढ्यो
मकालु खबर
२०७६ भदौ ९ गते
भाद्र ९, काठमाडौँ । लगातर बढी रहेको सुनको मूल्यमा सोमबार पनी तोलामा १ हजार बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आईतबार प्रतितोला ७२ हजार पाँच सय रुपैयाँमा बिक्री बितरण भईरहेको छापावाल सुनको मूल्यमा आज तोलामा १ हजार बृद्धी भई प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी आज तेजावी सुनमा पनी तोलामा १ हजार बृद्धी भई प्रतितोला ७३ हजार दुई सय रुपैयाँमा बिक्रीबितरण भईरहेको छ ।
सोमबार चाँदीको मूल्यमा पनी १० रुपैयाँ बृद्धी भएको छ । आईतबार प्रतितोला ८ सय ५० रुपैयाँमा बिक्रीबितरण भईरहेको चाँदीको मूल्य आज प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
मकालु खबर
२०७६ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित