धर्मधाममा रक्तदान र कपडा वैंक स्थापना
भदौ ६, चितवन । चितवनको धार्मिक पर्यटकीय क्षेत्र धर्मधाममा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रक्तदान कार्यक्रमसंगै कपडा वैंकको उद्घाटन गरिएको छ ।
कृष्णजन्माष्टमी को दिन शुक्रवार श्रीकृष्ण प्रणामी मन्दिर जिरौना धर्मधाम परिसरमा रक्तदान कार्यक्रम र कपडा वैंक स्थापना गरिएको हो । रक्तदान कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेको श्रीकृष्ण प्रणामी मन्दिर जिरौना धर्मधामका अध्यक्ष श्याम प्रसाद वरालले जानकारी दिए ।
श्रीकृष्ण प्रणामी युवा परिषद धर्मधामको आयोजना तथा लियो क्लव अफ रत्ननगर मिड नेपालको सहयोगमा कार्यक्रम गरिएको थियो । कृष्णजन्माष्टमीकै अवसर पारेर मानवीय सेवाको कामका लागि कपडा वैंक उद्घाटन गरिएको धर्मधामका अध्यक्ष वरालले वताए । धर्मधाममा शुक्रवार भगवान कृष्णको पुजा अर्चनाका लागि भक्तजनको वाक्लो उपस्थिती रहेको थियो ।
पुजाका लागि आएका भक्तजन अपरान्ह ४ वजे सम्म लाईनमा थिए । धर्मधाम व्यवस्थापन समितिका अध्यक्ष श्याम वरालका अनुसार शुक्रवार एकै दिन करिव ६ देखी ७ हजारको हाराहारीमा भक्तजनको आएको वताए ।
१५ कठ्ठा क्षेत्रफलमा फैलिएको सो धर्मधाममा मन्दिर, वृद्धाश्रम, सभाहल, अतिथीगृह, भान्सा, खानेपानीका लागि वोरिङ, परिसरमै प्रहरी विट रहेका छन् । कृष्णजन्माष्टमी अवसरमा श्रीकृष्ण प्राकट्य महोत्सव एवंम् श्रीकृष्ण दिव्य दर्शनको समेत आयोजना गरिएको थियो ।
३ नम्वर प्रदेशका सांसद कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका नेता प्रेमनाथ दुवाडी, नेपाली कांग्रेस नगर सभापति रुपनराज घिमिरे, मन्दिरका नितर्वमान अध्यक्ष एवंम रत्ननगर २ का वडाध्यक्ष तीलकराज शर्मा ,वुद्धिजिवी जगदिशचन्द्र शर्मा लगायतले श्रीकृष्णको महिमाका बारे मन्तव्य राखेका थिए ।