रविका समर्थक र प्रहरीबीच झडप, रविलाई अर्को गेटबाट लगियो

भदौ ८, चितवन । चितवनमा पत्रकार रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।   

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेकी अस्मिता कार्कीको बयान आज सकिएको छ । रवि र युवराज कँडेलको बयान भोलि (सोमबार) १० बजेपछि हुनेछ ।   

बयान नसकिएका कारण रविसहित तीनै जना आजपनि हिरासतमै रहने भएपछि रविका समर्थकले नाराबाजी गरिरहेका थिए । प्रहरीले भीड नियन्त्रणका लागि करिब ३/४ सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनका बिच रविसहित तीनै जनालाई अर्को गेटबाट भित्र लगेको छ ।   

अहिले स्थिति सामान्य रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *