पत्रकार पुडासैनीको झुण्डिएरै मृत्यु भएको पोष्टमार्टम रिपोर्टबाट पुष्टि
भदौ ३, चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको झुण्डिएरै मृत्यु भएको पुष्टि भएको छ । मृतक पुडासैनीको शवको पोष्टमार्टमपछि आएको रिपोर्टले उनको मृत्यु झुण्डिएरै भएको पुष्टि भएको हो ।
पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । उनले झुण्डिएकै कारण मृत्यु भएको पोस्र्टमार्टम रिपोर्टले पुष्टि गरेको र सोही रिपोर्ट मंगलबार (आज) म्याद थपका लागि जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको बताए ।
बयान लिने क्रम जारी
पत्रकार पुडासैनी आत्महत्यासंग संलग्न रहेको आरोपमा थुनामा रहेका नीनै जनासँग बयान लिइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दुई सञ्चारकर्मी द्वय रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीसँग बयान लिएको हो ।
आरोपी कँडेल र कार्कीसँगको बयान सकिएको भएपनि लामिछानेसँग भने अझै बयान लिएर नसकिएको वकिलको कार्यालयले जनाएको छ । सोमबार (हिजो) प्रारम्भिक बयान लिइएको लामिछानेसँग मंगलबार (आज) थप बयान लिइने छ । बयान नसकिएकाले त्यसअघि अनुसन्धानका लगि म्याद थप गर्न अदालत अदालत लगिएको छ ।