सर्पको टोकाईबाट ५० वर्षिय महिलाको मृत्यु
मकालु खबर
२०७६ साउन २९ गते
साउन २८, बुटवल । रुपन्देहीमा विषालु सर्पको टोकाईबाट एक ५० वर्षे महिलाको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना १० पानबारीमा ५० वर्षिय सुकमाया रेग्मीको सर्पको टोकाईबाट मृत्यु भएको हो । आफ्नै घरको छेउमा रहेका सुकमायाकाे खुट्टाको औँलामा सर्पले टोकेको थियो ।
null
सर्पको टोकाईबाट गम्भिर घाईते भएकी सुकमायाको उपचारको लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गर्न खोज्दा अस्पतालले मृत्यु भइसकेकाे घोषणा गरेको वडा सदस्य चन्द्र बहादुर थापा बताए ।
मकालु खबर
२०७६ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित