जम्मू कश्मिर टुक्राएर राष्ट्रिय एकता हुँदैनः राहुल गान्धी

 

साउन २१, नयाँ दिल्ली । भारतीय कांग्रेस आइका निवर्तमान अध्यक्ष राहुल गान्धीले जम्मू कश्मिरलाई दुई भागमा विभाजित गरेर राष्ट्रिय एकता र अखण्डता कायम हुन नसक्ने बताएका छन् । 

सोमबार भारतको केन्द्र सरकारले जम्मू कश्मिरलाई दिइएको विशेष राज्यको संवैधानिक दर्ता खारेज गर्ने विधेयक राज्यसभामा पेश गरेको थियो । सो विधेयक अनुसार जम्मू–काश्मिरलाई दुई भागमा केन्द्र प्रशासित प्रदेश बनाइएको छ । जम्मू–काश्मिर र लद्दाख गरी दुई वटा केन्द्र प्रशाशित प्रदेश बनाइएको हो । अब लद्दाखमा विधानसभा हुने छैन् भने जम्मू–काश्मिरमा विधानसभा रहने छ । राज्यसभामा बहुमतले पारित भएको सो विधेयकको बारेमा हाल लोकसभामा छलफल भइरहेको छ । 

null

कांग्रेसकै केही नेताले भाजपा सरकारको उक्त निर्णय स्वागत गरिरहेका छन् । तर राहुलले भने यसमा असहमति जनाएका छन् । ट्वीट गर्दै उनले लेखेका छन्, ‘जनताबाट निर्वाचित प्रतिनिधिहरुलाई पक्राउ गरेर र हाम्रो संविधानविरुद्ध गएर जम्मू कश्मिरलाई टुक्राउने एकतर्फी निर्णयले एकता हुँदैन । यो राष्ट्र यहाँको नागरिकबाट बनेको हो । जमिनको केही टुक्राले होइन। कार्यकारी अधिकारको दुरुपयोगले हाम्रो राष्ट्रिय सुरक्षालाई चुनौती दिएको छ ।’ 

भाजपा नेतृत्वको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरको स्वायतत्ता समाप्त गरेसँगै विभिन्न प्रतिक्रिया आइरहेका छन् । अहिले केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कफ्र्यू लगाइएको छ । 

कश्मीरी पण्डितहरुले सरकारको घोषणाको स्वागत गरेका छन् । तर मुस्लिम बाहुल्य राज्यका अरु क्षेत्रमा भने विरोधका स्वरहरु छन् । यसले जम्मू–कश्मीरमा हिंसा भड्किन सक्ने चिन्ता जताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *