पत्रकार पुडासैनी आत्महत्या प्रकरणः चितवनको गर्मीमा झनै तात्यो माहोल

साउन ३२ चितवन । यसै त गर्मी चितवन झनै गरमागरम बनेको छ, पत्रकार शालिकराम पुडाशैनीको मृत्यु पश्चात चर्चित सञ्चारकर्मी रवि लामिछाने पक्राउपछि । चर्को घाम अनि गर्मीका बाबजुद लामिछानेका समर्थकहरु सडकमा उत्रिरहेका छन् ।   

शुक्रवारको तुलनामा शनिवार प्रर्दशनकारीहरुको संख्या बढि छ । घाम र गर्मीको प्रवाह नगरी प्रर्दशनकारीहरु विहानैदेखी जिल्ला प्रहरी कार्यालय चितवनको गेट अगाडी प्रर्दशनमा उत्रिएका हुन् । निर्दोष व्यक्तिलाई फसाउन खोजिएको भन्दै सञ्चारकर्मी लामिछानेका समर्थकहरु आन्दोलित बनेका हुन् । प्रर्दशनकारीहरुको पछिल्लो नारा केपी चोर देश छोड, केपी प्रचण्ड मुर्दावाद, चितवनका एसपीलाई पक्राउ गर, एसपी मल्ल मुर्दावाद, हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो भन्ने भएकाे छ । 

प्रर्दशनकारीहरु छाता ओढेरै आन्दोलनमा सहभागी छन् । भ्रष्टचार विरुद्धको अभियानमा लागेका ज्ञानेन्द्र शाही, रमेश प्रसाई लगायतको टोली बाहिर जिल्लाबाट चितवन आएपछि यहाँको माहोल झनै तात्दै गएको भान हुन्छ । हजारौको संख्यामा उपस्थिती रविका समर्थकहरुले अहिले भरतपुरमा र्यालि निकालेका छन् । 

ज्ञानेन्द्र शाही र रमेश प्रसाईको उपस्थितमा निकालिईएको र्यालीमा प्रर्दशनकारीहरुले प्रहरी प्रशासन, सरकार विरुद्ध चर्को नारा लगाईरहेका छन् । नारावाजी गरिरहेका वेला शनिवार गस्तीबाट कार्यालय तर्फ आउँदै गरेको प्रहरीको भ्यान माथी प्रर्दशनकारीहरुले ढुंगा प्रहार गरेपछि केही वेर यहाँको स्थिती तनावग्रस्त बनेको थियो ।   

प्रर्दशनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्दै चार सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो । पत्रकार शालिकराम पुडाशैनीले आत्महत्या गर्नु अघि रेकर्ड गरिएको भिडियोमा संचारकर्मीहरु रवि लामिछाने, युवराज कडेंल र अर्की एक महिला अस्मिता कार्कीकै कारण आत्महत्या गर्नु परेको बताएका थिए ।   

त्यसपछि प्रहरीले उनीहरुलाई काठमाडौबाट पक्राउ गरि अनुसन्धान गरिरहेको छ । जिल्ला अदालत चितवनले शुक्रवार ५ दिनको म्याद थप गर्दै अनुसन्धान गर्न आदेश दिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *