बलिउड अभिनेत्री दीया मिर्जाले ११ वर्षे बैवाहिक जिवन तोडिन्

 

साउन १७, भारत ।  बलिउड नायिका दिया मिर्जाले आफ्नो ११ वर्षे बैवाहिक जिवनलाई पूर्णबिराम लगाईएकी छिन् । श्रीमान् साहिल सांघासँग सम्बन्ध विच्छेद गर्दै आफ्नो ११ बर्षे बैवाहिक जिवन पूर्णबिराम लगाएकी हुन् । 

बिहिबार नायिका दिया र उनका श्रीमान् साहिलले सामाजिक सञ्जाल इन्स्टाग्राममा संयुक्त वक्तव्य जारी गर्दै आपसी सहमतीमा नै आफ्नै बैवाहिक जिवन तोडेको जानकारी गराएका छन् । 

null

उनीहरुद्वा पोष्ट गरिएको संयुक्त वक्तव्य यस्तो छ , ‘११ वर्षको साझेदारीपश्चात् हामीले अन्ततः आपसी सहमतीमा छुट्टिने निर्णय गरेका छौं । हामी साथीको रुपमा रहिरहनेछौं र एक–अर्काप्रतिको माया र सम्मान सधैं कायम राख्ने प्रतिबद्धता व्यक्त गर्छौं । हाम्रो यात्रा अब भिन्न रहेपछि हामी जुन सम्बन्धमा बाँधिएका थियौं त्यसप्रति हामी सधैं कृतज्ञ रहनेछौं । हामी आफ्ना साथीभाइ र आफन्तलाई उहाँहरुको माया र समझदारीका लागि धन्यवाद दिन्छौं । साथै, मिडियाका प्रतिनिधीप्रति उहाँहरुको निरन्तर सहयोगका लागि आभार प्रकट गर्दछौं । यतिबेला हामीलाई चाहिएको गोपनियताको सम्मानका लागि सबैमाझ आग्रह पनि गर्छौं । यसबारे आइन्दा हामी केही पनि प्रतिक्रिया दिनेछैनौं ।’ 

बिवाह भएको यतीका लामो वर्षसम्म राम्रो सम्बन्ध रहेको यी जोडीको एकका एक सम्बन्ध बिच्छेदको खबरले बलिउड नै चकित बनेकाे छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *