कारले ३ वटा सवारी साधनलाई ठक्कर दिंदा १९ को मृत्यु

 

साउन २०, कायरो ।  इजिप्टको राजधानी शहर कायरोको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । 

इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोटसहित दुर्घटना भएको बताएका छन् । 

null

उक्त घटनामा घाइते भएका अरु तीन जनाको अवस्था नाजूक रहेको छ । दुर्घटनास्थलमा अरु पनि कारहरु जलेको अवस्थामा भेटिएको प्रहरीको भनाई छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *