मध्यरातमा श्रीमतीको हत्या

भदौ १, गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा शनिबार राति श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।   

स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।  

राति करिब १० बजेतिर भएको घटनाका बारेमा छिमेकीले जानकारी दिएपछि तत्कालै प्रहरी घटनास्थल पुगेको भएपनि पूजाको मृत्यु भइसकेको थियो ।  प्रहरीका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन् । 

null

हत्याका आरोपित याकुवलाई गए राति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।   

प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *