दोलखामा पहिरो जाँदा दर्जन भन्दा बढी घर पुरिंयोः तीन व्यक्ति सम्पर्क बिहिन

 

फाइल तस्बिर 

साउन १८, दोलखा । शुक्रबार राती दोलखामा पहिरो जाँदा एक दर्जन भन्दा बढी घर पहिरोले पुरिएर भत्किएका छन् भने ३ व्यक्ति सम्पर्क बिहिन भएका छन् । 

null

रातको समयमा दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुको बिभिन्न ठाउँमा पहिरो खस्दा १४/१५ वटा घर पहिरोले पुरिएर भत्किएको हो भने ३ व्यक्ति सम्पर्क बिहिन भएका हुन् । 

प्रहरीका अनुसार सम्पर्क बिहिन हुनेमा स्थानीय १९ वर्षीय निशान खड्का, ५५ वर्षीय जगतबहादुर खड्का र अर्का एक व्यक्ति सम्पर्क बिहिन भएका हुन् । 

रातको समयमा पहिरो खस्दा स्थानीयबासीले भागेर ज्यान बचाउन सफल भएका थिए । भागेर ज्यान बनाउने क्रममा नै ति तीन व्यक्ति सम्पर्क बिहिन हनु पुगेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिएका छन् । सम्पर्क बिहिन भएका व्यक्तिहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएका छन् । 

पहिरोका कारण करिब २२ घरका बासिन्दा विस्थापित हुनु परेको छ । 

प्रहरीका अनुसार हाल घटनास्थलमा स्थानीय प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा उद्धारका लागि खटिएका छन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *