१ लाख बढी नगदसहित १९ जुवाडे पक्राउ

 

साउन २१, कास्की । पोखराका दुई स्थानबाट १९ जना जुवाडे पक्राउ परेका छन् । 

पोखरा महानगरपालिका–११ फुवारी डेरा गरी बस्ने म्याग्दी घर भएकी ४४ वर्षीया आशा तिलिजाको डेरामा जुवातास खेलिरहेका आशा तिलिजा सहित चारजना पक्राउ परेका हुन् भने पोखरा महानगरपालिका–२५ हेम्जा डेरा गरी बस्ने सोम बहादुर छम्त्यालको कोठामा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका हुन् । 

null

तिलिजाको डेरामा जुवा खेलिरहेकाहरुको साथबाट ६७ हजार ४ सय ७५ रुपैयाँ र ३ बुक तास बरामद भएको प्रहरीले जनाएको छ । यस्तै सोमबहादुर छन्त्यालको कोठामा जुवातास खेलिरहेकाहरुको साथबाट ४१ हजार ७ सय ७५ रुपैयाँ र ६ बुक तास बरामद भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *