अवैध रकम २१ लाख २२ हजार सहित एक पक्राउ
मकालु खबर
२०७६ साउन २३ गते
साउन २२, महोत्तरी । सशस्त्र प्रहरीले मंगलबार बिहान महोत्तरीको मटिहानीबाट अवैध रकम सहित एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–१ डाम्ही बस्ने ३५ वर्षीय सुरेन्द्र ठाकुर रहेको प्रहरीले जनाएको छ ।
null
मंगलबार बिहान बिशेष सूचनाको आधारमा सिमावर्ती क्षेत्र मटिहानी नगरपालिका–९ स्थित हनुमान चोकमा ठाकुरलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको अवैध रकम २१ लाख २२ हजार र ज ११ प १७३२ नम्बरको मोटरसाईकल सहित उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
ठाकुरले उक्त रकमको स्रोत खुलाउन नसकेपछी उनलाई नगदसहित सम्पत्ति शुद्धिकरण विभाग ललितपुर आजै पठाइएको प्रहरीले जानकारी दिएको छ ।
मकालु खबर
२०७६ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित