सुष्मा स्वराजको अन्त्येष्टि राजकीय सम्मानका साथ, माेदी भए भावुक

  

 

साउन २२, काठमाडौं । भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।आज लोधी रोडस्थित विद्युतीय शव दाहागृहमा उनको अन्त्येष्टि गरिएको हो । सुष्मा स्वराजकी छोरी बाँसुरीले अन्तिम संस्कारको धार्मिक संस्कार गरेकी थिइन् । 

null

अन्त्येष्टिका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय जनता पार्टीका नेताहरु उपस्थित थिए । यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि भाजपा कार्यालयमा राखिएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका भारतीय प्रधानमन्त्री माेदी समेत भावुक भएका थिए । 

भारतकी पहिलो पूर्णकालीन महिला विदेशमन्त्रीसमेत रहेकी स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राति निधन भएको थियो । दिल्ली र हरियाणा सरकारले सुष्मा स्वराजकाे सम्मानमा २ दिन राजकीय शाेककाे घाेषणा गरेका छन् ।  

सुष्माको निवासमा लालकृष्ण आडवाणीलाई श्रद्धांजलि अर्पण आएका थिए। राष्ट्रपति रामनाथ कोविन्द, लोकसभा अध्यक्ष ओम बिर्ला र गृहमन्त्री अमित शाहले सुष्मालाई उनको निवासमा श्रद्धांजलि अर्पण गरे।  

यसका अलावा कांग्रेस नेता राहुल गांधी, सोनिया गांधी, बाबा रामदेव, भाजपा सांसद हेमा मालिनी, केरल के पूर्व मुख्यमंत्री ओमान चांडी, दिल्ली के ले.गवर्नर अनिल बैजल, बसपा प्रमुख मायावती, कैलाश सत्यार्थी समेत कयाैं राजनीतिक हस्तिले सुष्मालाइ श्रद्धाञ्जली दिएका थिए । राज्यसभा मा पनि सुष्मालाइ श्रद्धांजलि दिइयाे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *