मंसिर १४ को उपनिर्वाचन बहिस्कार गर्छो : मोहन वैद्य
भदौ ८, कैलाली । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले आगामी मंसिर १४ गते हुने भनिएको उपनिर्वाचन बहिस्कार गर्ने बताएका छ्न ।
थारु समुदायको एकता र सामाजिक सद्भावका लागि थरुहट/थारुवान राष्ट्रिय सम्मेलनमा सहभागी हुन कैलाली पुगेका महासचिव वैद्यले क्रान्तिकारी पत्रकार महासंघ सुदुरपश्चिमले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा जानकारी गराएका हुन् । उनले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सच्चा कम्युनिष्ट पार्टी नभएको जिकिर गरेका छन ।
विप्लव समूहलाई प्रतिवन्ध लगाएर गलत गरेको बताउँदै महासचिव बैद्यले विप्लवले गरिरहेको राजनीति समेत गलत भएको बताए । नेता वैद्यले विप्लव निकट नेकपासंग पार्टी एकताको विषयमा छलफल भए पनि तत्काल सम्भव नरहेको बताए । उनले कैलाली, कञ्चनपुरसहित बाके, बर्दीया र दाङ सम्मको क्षेत्रलाई समेटेर छुट्टै प्रदेश बनाउनुपर्ने धारणा राखे ।