मेघ गर्जनसहित भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को सुझाव

 

साउन १९, काठमाडौं । अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ भने पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

आज (आइतबार) पनि देशका केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने तथा मध्य र पूर्वका पहाडि भू–भागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविदहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । 

null

मौसमविदका अनुसार भारतमा रहेको मनसुन न्यून चापीय रेखा उत्तर सर्दै आज बेलुका नेपाल नजिकै आइपुग्ने सम्भावना रहेकाले भारी वर्षा हुन सक्नेछ । 

त्यस्तै सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही देशको मध्य र पूर्वका केही स्थानहरुमा तथा पश्चिमि भू–भागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः 

श्रावण १९ गते आइतबार 

दिउँसो: देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

राति: देशभर आंशिकदेखि सामान्य बदली रही देशक मध्य र पूर्वका केही स्थानमा तथा पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

श्रावण २० गते सोमबार 

दिउँसो: देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

राति: देशभर आंशिकदेखि सामान्यसम्म बदली रही देशको पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

श्रावण २१ गते मंगलबार 

दिउँसो: देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली रहने सम्भावना छ। साथै बाँकी स्थानमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

राति: देशभर आंशिकदेखि सामान्यसम्म बदली रही देशको पश्चिमी भूभागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *