डेढ लाख घुससहित रातको समयमा समातिए नापी सर्वेक्षक
मकालु खबर
२०७६ भदौ ५ गते
भदौ ५ बर्दिबास । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादवलाई डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारको दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासको टोलीले यादवलाई बुधबार राति जलेश्वर नगरपालिका २, खैराचोक स्थित एक होटलबाट १ लाख ५० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो ।
सर्वेक्षक यादवले घर नक्सा अनुसार नभएको भनि विभिन्न बहाना बनाई मुद्दा मिलाई दिन्छु भनि सेवाग्राहीबाट १ लाख ५० हजार घुस लिर्दै गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।
null
यादवमाथि थप अनुसन्धान भइरहेको आयोगको कार्यालयले जनाएको छ ।
मकालु खबर
२०७६ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित