अन्धाधुन्ध चलाउँदा अमेरिकामा ९ को मृत्यु १६ घाइते

 

साउन १९, अमेरिका । अमेरिकामा फेरी अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् । 

अमेरिकाको ओहायो राज्य डायटनको ओरेगन डिस्ट्रिकस्थित डाउनटाउनमा एक बन्दुकधारी व्यक्तिले निकै भिड्भाड भएको सो स्थानमा अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको हो भने १६ जना घाईते भएका हुन् । 

null

स्थानिय सञ्चारमाध्यमका अनुसार धेरैवटा पार्क, रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय चल्ने सो स्थानमा घटनाको समयमा करिब तीन हजार मानिस त्यहाँ उपस्थित थिए । 

स्थानीय समयअनुसार आइतबार बिहान १ बजेर २२ मिनेटमा घटेको सो घटनामा बन्दुकधारी समेतको मृत्यु भएको बिभिन्न सञ्चारमाध्यमले जनाएकाे छ । 

अमेरिकाको टेक्ससस्थित अलपासोमा शनिबार राति मात्रै जताभावी गोलि प्रहार बाट प्रहारबाट २० जनाको मृत्यु हुुनुका साथै २६ जना घाइते भएका थिए । घट्ना घटेकाे २४ घण्टा बित्न नपाउँदै फेरी उक्त घटना घटेकाे हाे ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *