लुटपाट गरी फरार तिमिल्सिना एक वर्षपछि लागूऔषध सहित पक्राउ
साउन १८, काठमाडौँ । लुटपाट गरी फरार रहेका एक व्यक्तिलाई शुक्रबार लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार लुटपाट गरी फरार रहेका सिन्धुलाल्चोक राम्चे–७ घर भई हाल काठमाडौँको थानकोट बस्ने बर्ष २९ वर्षिय पदम तिमिल्सिनालाई लागूऔषध सहित लोकन्थली नरेफाँटबाट पक्राउ गरिएको हो ।
null
लुटपाटको मुख्य योजनाकार रहेका तिमिल्सिनाले सुजन तामाङ र पबिन तामाङ सँग मिलेर २०७५ साल असोज २४ गते मनी ट्रासर्फरबाट रकम निकाली घर आउँदै गरेकी भक्तपुरकी जया कोइरालाको साथमा रहेको दुई लाख लुटेका थिए ।
यस लुटपाटमा संलग्न सुजन र पबिनलाई यसअघी नै प्रहरीले पक्राउ गरेता पनि तिमिल्सिना भने फरार रहका थिए ।
महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाका अनुसार तिमिल्सिनाको साथबाट लागूऔषध डाइजापम, नोफिन र फेनारगन ६ सेट र मोवाइल ४ थान फेला पारिएको छ ।
पक्राउ परेका तिमिल्सिना लागुऔषध, पाकेटमारी, कुटपिट, ठगी, मुद्दामा समेत संलग्न भएको अनुसन्धानको क्रममा खुलेको प्रमुख कोइरालाले बताएका छन् ।