यस्तो छ फरवार्ड माइक्रोफाइनान्सको गत वर्षको आर्थिक सूचकांक

साउन २१, काठमाडौं । सुनसरीको दुहवीमा मुख्य कार्यालय रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा उल्लेखनीय सफलता प्राप्त गरेको छ । फरवार्डले गत आवमा आफ्नो खुद नाफा १५ प्रतिशतले बढाएर प्रतिशेयर आम्दानी बढेर ८२ रुपैयाँ १७ पैसा कायम गरेको छ । 

फरवार्डले असार मसान्तसम्म ३१ करोड ४ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको असारमा कम्पनीको नाफा २६ करोड ९७ लाख रुपैयाँ रहेकोमा गत आवमा ४ करोड बढिले बृद्दि भएको हो । फरवार्डको सकारात्मक पक्ष लघुवित्तको पूँजीभन्दा जगेडा कोषको आकार २.३३ गुणा धेरै हुनु रहेको छ । 

फरवार्डसँग चुक्ता पूँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ रहेको छ भने, रिजर्भ कोषमा ८८ करोड जम्मा भएको छ । जसबाट लघुवित्तले शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्न सक्ने देखिन्छ । गत आवबाट कम्पनीले २० प्रतिशत बोनस सहित ४५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

null

महिलाहरुलाई लघुवित्त कार्यक्रम मार्फत स्वावलम्बन तर्फ अग्रसर बनाउँदै आएको फरवार्डले निक्षेप, कर्जा तथा सापटी तीववटै करिब ३० प्रतिशतको हाराहारीमा बढोत्तरी गरेको छ । लघुवित्तको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफा पनि १५ प्रतिशत धेरैले बढेको छ । असार मसान्तसम्म ४ अर्ब ६२ करोड निक्षेप, ५ अर्ब सापटीबाट कम्पनीले १० अर्ब ६ करोड कर्जा लगानी गरेको छ । जसबाट ७५ करोड ब्याज आम्दानी कमाएको छ । 

फरवार्डको प्रतिशेयर निष्कृय कर्जा अनुपात ०.४७ प्रतिशत, नेटवर्थ ३३३ रुपैयाँ ३ पैसा तथा मूल्य आम्दानी अनुपात १८.६२ गुणा रहेको छ । यस्तै कोषको लागत केही सुधार आएर ९.४७ प्रतिशत पुगेको छ । 

लघुवित्तमा फरवार्ड नेपाल नामक महिला संगठनको २५, एभरेष्ट बैंकको २५, आरएमडीसीको ७ र अन्य सर्बसाधारणको १२ गरी ७० प्रतिशत संस्थापक हिस्सेदारी रहेको छ । फरवार्ड माइक्रोफाइनान्सले कमजोर आर्थिक स्थिति भएका महिलाहरुलाई आर्थिक क्षेत्रमा अगाडी बढाउन लगानी गर्दै आइरहेको छ । हाल फरवार्ड देशका करिब ४० भन्दा बढि जिल्लाहरुमा १३० शाखा मार्फत सक्रिय रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *