दुई दिनदेखि सम्पर्क बिहिन क्याफे कफी डेका संस्थापक मृत फेला

 

साउन १५, भारत ।  भारतका सबैभन्दा ठूलो कफी चेन क्याफे कफी डे (सीसीडी) का संस्थापक एवं कर्नाटकका पूर्व मुख्यमन्त्री एसएम कृष्णाका ज्वाईं वीजी सिद्धार्थको शव बुधबार बिहान मेंगलुरुको नेत्रावती नदीमा भेटिएको छ । 

मेंगलुरुका सांसद युटी खादरका अनुसार सिद्धार्थका साथी एवं आफन्तले शवको पहिचान गरिसकेका छन् । सोमबार राती उनी हराएपछि दुइ सयजना खोजी अभियानमा जुटेका थिए । यतिबेला कोस्ट गार्डको जहाज आइसीजीएस राजदूत र एसीवी (एच–१९८) को पनि मद्दत लिइयो । 

null

२७ जुलाईमा लेखिएको सिद्धार्थको एउटा पत्र सार्वजनिक भएको थियो जसमा उनले इक्विटी पार्टनर तथा ऋणदाताहरुको दबाबबारे जानकारी दिएका थिए । उनले व्यवसायीको रुपमा आफू असफल भएको पनि बताएका थिए । पुलिस सोधपुछको क्रममा ड्राइभरले सिद्धार्थ उलाल शहरमा रहेको पुलसम्म घुम्न निस्किएका थिए । त्यहाँ उनले कार रोक्न लगाए र पैदल नै हिँडे । ड्राइभरले गाडीमै बसेर उनको प्रतिक्षा गरिरहेको र त्यसपछि पनि नआएपछि पुलिसलाई सूचना दिएको बताए । 

व्यवसायीले आत्मसम्मान गुमाउनु हुँदैनः महिन्द्रा 

महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष आनन्द महिन्द्राले सिद्धार्थलाई नचिनेको र उनको आर्थिक स्थितीबारे पनि थाहा नभएको बताए । उनले भने, ‘म यतिमात्र भन्न चाहन्छु कि व्यापारमा असफल भएका कारण व्यापारीले आत्मसम्मान गुमाउनु हुँदैन ।’ 

‘ऋणदाताहरुको दबाबले टुटिसकेको छु’ 

पत्रमा सिद्धार्थले लेखेका थिए, ‘अत्यधिक प्रयासका बाबजुद म नाफायुक्त व्यापार मोडल तयार गर्न असफल रहेँ । मैले लामो समयसम्म संघर्ष गरेँ तर अब थप दबाब झेल्न सक्दिनँ । एक प्राइभेट इक्विटी पार्टनर ६ महिना पुरानो ट्रान्ज्याक्सनसँग जोडिएको मामलामा शेयर बायब्याक गर्ने दबाब दिइरहेका छन् । मैले साथीहरुसँग ठूलो रकम उधारो लिएर ट्रान्ज्याक्सनको एउटा हिस्सा पूरा गरेको थिएँ । अन्य ऋणदाताहरुको भारी दबाबका कारण म टुटिसकेको छु । ’ 

‘म बिन्ती गर्छु कि तपाईंहरु सबैले धैर्यधारण गरेर नयाँ म्यानेजमेन्टसहित व्यापारलाई अघि बढाउनुहोस् । सबै गल्तीका कारण म जिम्मेवार छु । सबै आर्थिक लेनदेनका लागि म जिम्मेवार छु । मेरो टिम, अडिटर्स र सिनियर म्यानेजमेन्टलाई मेरो ट्रान्ज्याक्सनबारे जानकारी छैन । कानूनले मलाई मात्र जिम्मेवार देखाउनुपर्छ । मैले परिवार वा अरु कसैलाई पनि यसबारे जानकारी दिएको छैन ।’ 

‘मेरो उद्देश्य कसैलाई धोका दिनु थिएन । एक व्यवसायीको रुपमा म विफल भएँ । आशा गर्छु कि एकदिन तपाईंहरुले बुझ्नुहुनेछ, मलाई माफ गर्नुहोस् । हाम्रो सम्पत्ति र त्यसको सम्भावित भ्यालुको सूची संलग्न गरिरहेको छु । हाम्रो सम्पत्ति हाम्रो ऋणभन्दा धेरै छ । योबाट सबैको ऋण तिर्न सकिन्छ ।’ 

सन् १९९३ मा सिद्धार्थले कफी–डे ग्लोबलको सुरुवात गरेः 

सिद्धार्थको जन्म कर्नाटकका चिकमंगलुर जिल्लामा भएको थियो । उनको परिवार १४० वर्षदेखि कफी उत्पादनसँग जोडिएका छन् । सन् १९९३ मा सिद्धार्थले कफी डे ग्लोबलको सुरुवात गरेका थिए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *