नविल बैंकको नाफा ४ अर्ब २९ करोड

 

साउन २९, काठमाडौं । नविल बैंकले २०७६ असार मसान्तसम्ममा ४ अर्ब २९ करोड नाफा आर्जन गरेको छ । यो नाफा २०७५ असार मसान्त भन्दा ३१ करोडले बढी हो । 

वितरण योग्य नाफा भने ३ अर्ब १८ करोड रुपैंया रहेको नविलले जनाएको छ । ९ अर्ब १ करोड चुक्ता पुँजी भएको बैंकले गत आर्थिक वर्षको आम्दानीबाटै ३५.२९ प्रतिशत लाभांश दिन सक्छ । 

null

नविलको जगेडा कोषमा ९ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । 

बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २९ अर्ब कर्जा लगानी गरेको छ । 

बैंकको सिडी रेसियो पनि ७२.९० मात्रै छ । ४.४३ प्रतिशत स्प्रेडदर कायम गरेको बैंकले आधार ब्याजदर ८.०९ प्रतिशतमा रोकेको छ । बैंकको कस्ट अफ फण्ड भने ६.१३ प्रतिशत रहेको छ । नविलको प्रति सेयर आम्दानी ४७.६५ रुपैंयाँ पुगेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *