हङकङमा प्रदर्शन जारी, अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान रद्द

 

साउन २७, हङकङ । हङकङमा अन्तर्राष्ट्रिय हवाई उडान रद्द गरिएको छ । 

प्रदर्शनकारीले विमानस्थलको मुख्य टर्मिनलमा लगातार चौँथो दिनसम्म सरकार विरोधी प्रदर्शन जारी राखेपछि अन्तर्राष्ट्रिय हवाई उडान रद्द गरिएको हो । 

null

संसारको सबैभन्दा व्यस्त एयरपार्ट मध्ये एक हङकङ एयरपोर्टमा हजारौँ मानिसहरु जुटेका छन् । उनीहरुका कारण त्यहाँको हवाई सञ्चालन अवरुद्ध भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । 

प्रदर्शनकारीहरुले आइतबार भएको प्रहरी कारवाहीको विरोध गरेका हुन् । त्यहाँ प्रहरीले मानिसहरुमाथि असुर ग्यास र गैरघातक गोला बारुद प्रहार गरेका थिए । उक्त घटनापश्चात् केही प्रदर्शनकारीहरुले आँखामा पट्टी बाँधेर पुगेका थिए । 

 

हङकङमा सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा दुई महिनादेखि विरोध जारी छ । 

आन्दोलनकारीहरुले उक्त प्रस्तावित सुपुर्दगी विधेयक खारेज हुनुपर्ने, चीनमा सुपुर्दगी गर्न नहुने र प्रमुख कार्यकारीले राजीनामा दिनुपर्ने लगायतका मागहरु राख्दै आएका छन् । तर यसबारे सरकारको तर्फबाट कुनै सुनुवाई भएको छैन । 

सुपुर्दगीसम्बन्धी प्रस्तावित कानुनको प्रावधानअनुसार हङकङमा अपराध तथा बलात्कारमा आरोपीलाई चीन, ताइवान र मकाउका अधिकारीले सुपुर्दगीका लागि आग्रह गर्न सक्छन् । तर सुपुर्दगी गर्नेरनगर्ने घटनाको प्रकृतिका आधारमा निर्णय लिइने जनाइएको छ । 

हङकङका १९ वर्षीय युवाले गर्भवती प्रेमिकाको ताइवानमा हत्या गरी देश फर्केपछि सुपुर्दगी कानुनबारे बहस सुरु भएको हो । ताइवानी अधिकारीले ती युवकलाई सुम्पन हङकङसँग आग्रह गरे पनि कानुनी जटिलता देखिएको थियो । सन् १९९७ मा बेलायतबाट स्वतन्त्र भएयाता हङकङ ‘एक देश दुई व्यवस्था’ अन्तर्गत अर्ध–शासित छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *