१६ सचिवको सरुवा, कस्को कहाँ ? (सूचीसहित)

भदौ १६, काठमाडौँ । सरकारले १६ सचिवको सरुवा गरेको छ । गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

बैठकले प्रदेश सचिव पदमा सम्बन्धित सेवाका राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिवलाई खटाउँदा सामान्यतया ज्येष्ठतामध्येबाट कम्तीमा एक वर्षका लागि खटाउने निर्णय गरेको छ । 

नमावली र स्थान   

null

माधव बेल्वासे– राष्ट्रिय सतर्कता केन्द्रबाट खानेपानी तथा सरसफाइ मन्त्रालय   

केदारबहादुर अधिकारी– उद्योग, वाणिज्य तथा आपूर्तिबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डनय मन्त्रालय   

मोहनकृष्ण सापकोटा– पर्यटन मन्त्रालयबाट सार्वजनिक खरीद अनुगमन कार्यालय   

महेशप्रसाद दाहाल– श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,   

डा सञ्जय शर्मा– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञान तथा प्रविधिमा 

खगराज बराल– शिक्षाबाट स्वास्थ्य तथा जनसङ्ख्या 

गोपीनाथ मैनाली– भूमि, व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयबाट महालेखा नियन्त्रण कार्यालय 

विनोद केसी– राष्ट्रपति कार्यालयबाट श्रम मन्त्रालयमा 

टेकेन्द्रराज शर्मा– पौडेललाई सार्वजनिक खरीद अनुगमनबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग 

महेन्द्रप्रसाद गुरागाईं– लोकसेवा आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय 

वैकुण्ठ अर्याल– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय   

रामप्रसाद थपलिया– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट युवा तथा खेलकूद मन्त्रालय 

तीर्थराज ढकाल– मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नं ५ बाट प्रधानमन्त्री कार्यालय 

आनन्दराज ढकाल– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं ३ बाट लोकसेवा आयोग 

सूर्यप्रसाद गौतम– महालेखा परीक्षक नियन्त्रकको कार्यालयबाट भूमि, व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालय 

डा.हरि पौडेल– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रपतिको कार्यालय 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *