अज्ञात समूहद्वारा वडा कार्यालयमा सिलिण्डर बिस्फोट

  

साउन १८, रामेछाप । अज्ञात समूहद्वारा रातको सयमा रामेछापको एक वडा कार्यालयमा सिलिण्डर बिस्फोट गरिएको छ । 

रातको करिब १ बजे रामेछापको खाँडादेवी गाउँपालिकाको वडा नम्बर ३ भिरपानीस्थित वडा कार्यालयभित्र अज्ञात समूहले पेट्रोल छर्किएर आगो लगाई सिलिण्डर बिस्फोट गरेको हो । 

null

प्रहरीका अनुसार सलिण्डर बिस्फोट हुँदा कार्यालयभित्र रहेका कम्युपटरसहित कागजपत्रहरु जलेर नष्ट भएको छ । 

बिस्फोट किन र कसले गरर्यो कारण भने खुल्न नसकिएको र हाल सम्म यस घटनाको कसैले पनि जिम्मेवारी नलिएको प्रहरीको जानकारी दिएका छन् । 

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *