सहकारीले गायक रामकृष्ण ढकालको नाममा किन निकाल्यो सूचना ?
मकालु खबर
२०७६ साउन २३ गते
२३ साउन, काठमाडौँ । नेपाली गीत संगीतमा ख्याति कमाएका गायक रामकृष्ण ढकाल र उनकी श्रीमति निलमले एक सहकारीबाट निकालेको ऋण नतिरेको भन्दै एक पत्रिकामा सार्वजनिक सूचना जारी भएको छ ।
श्री लालितगुँरास सहकारी बहुउद्देश्यीय सहकारी संस्थाले ढकाल दम्पतिले ५ करोड ऋण नतिरेको भन्दै ढकाल दम्पतिको नाममा पत्रिका मार्फत सार्वजनिक सूचना नै जारी गरी ऋण तिर्नका लागि अनुरोध गरेको छ ।
सार्वजनिक सूचनामा ढकालको नाममा २ करोड ३० लाख ९७ हजार ७ सय ६१ रुपैयाँ र उनकी श्रीमती निलमको नाममा २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ गरी करिब ५ करोड रुपैयाँ ऋण नतिरेको उल्लेख छ ।
null
श्री लालितगुँरास सहकारी बहुउद्देश्यीय सहकारी संस्था आफै विवादमा मुछिएको संस्था हो । सहकारीमाथि किर्ते कागजात बनाई करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप लाग्दै आएको छ ।
मकालु खबर
२०७६ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित