केरलामा बाढी, २० जनाको मृत्यु

 

साउन २४, नयाँ दिल्ली । दक्षिण भारतीय राज्य केरलामा गत २४ घण्टाभित्र आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाइएको छ । 

यस बाढीको कारण २२ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएका छन्। 

null

प्रत्यक्षदर्शीहरुका अनुसार केरलाको प्रायः भागमा आएको भारी वर्षापछि बाढीको प्रकोप निम्तिएको हो । 

बाढीको प्रकोपबाट घरबारबिहीन भएका व्यक्तिहरुको लागि देशभरी ३ सय १५ ओटा उद्धार शिविरहरु खोलिएको सरकारी अधिकारीहरुले जनाएका छन्। 

ती शिविरहरुमा ५ हजार ९३६ परिवारका २२ हजार १६५ व्यक्ति शरण लिई बसेका जनाइएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *