‘अरुलाई ऐन, सत्ता पक्षलाई चैन’

 

साउन २१, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले सत्तारुढ नेकपाले सरकारी जग्गा भोगाधिकार र लिज सम्बन्धी कार्यनीति उल्लंघन गरेको आरोप लगाएकी छिन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा सचेतक भुसालले भोगाधिकार सम्बन्धी कार्यनीति उल्लंघन गरी सत्तारुढ नेकपाले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको जग्गा मिचेर आफ्नो पार्टी कार्यालय राखेको आरोप लगाएकी हुन् । 

null

उनले संसदमा सत्तारुढ दलको क्रियाकलापले सत्ता पक्षलाई चैन अरुलाई ऐनको अवस्था रहेको टिप्पणी पनि गरिन् । ‘नेपाली कांग्रेसको प्रतिष्ठालाई धेरै चिन्ता नलिऊँ । नेकपाको पार्टी कार्यालयले नियम मिचेर सार्वजनिक जग्गालाई भोगाधिकार गरिरहेको छ, त्यसको प्रतिष्ठामाथि बढी चिन्ता गरौँ र त्यसलाई बचाउने कोशिस गरौँ ।’ 

भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको छ । सरकारबाट भोगाधिकार पाएको जग्गा तेश्रो पक्षलाई भाडामा दिन नपाउने कानुनी व्यवस्था छ । त्यस विपरित नेकपाले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक भाडा तिर्दै आएको भन्दै कांग्रेसले कानुन कार्यान्वयनमा सचेत हुन सरकारको ध्यानाकर्षण गराएको हो । 

प्रतिष्ठानलाई सरकारले २०६३ मंसिर २१ गते भोगाधिकारका लागि सो जग्गा उपलब्ध गराएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *