समाजवादी पार्टीका नेता भन्छन् ‘पानी धमिल्याएर माछा मार्ने धन्धा बन्द होस’

भाद्र १, काठमाडौं । समाजवादी पार्टीका नेता ध्यानबहादुर राईले सनम साक्य हत्याकाण्ड र निर्मला पन्त बलात्कार हत्याकाण्ड जस्तै पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण जटिल र रहस्यमयी बन्न नहुने बताएका छन् ।   

उनले घटनाको दुधको दुध पानीको पानी छुट्टिनुपर्ने समेत बताएका छन् । आज विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस पोस्ट गर्दै धरान उपमहानगरपालिकाका पूर्व उपमेयर समेत रहेका राईले रवि लामिछानेले पुडासैनीलाई आत्महत्या गर्न प्रेरित गरेको वा रविलाई फसाउने गरी अरु कसैले हत्या गरे/गराएको जे भएपनि दुधको दुध पानीको पानी बाहिर आउनु पर्ने बताएका छन् ।   

उनले घटना स्वतन्त्रपूर्वक छानविन हुनुपर्ने समेत बताएका छन् । राईले घटनालाई अतिरञ्जित बनाइ अनावश्यक भ्रम छर्ने, द्विविधामा पार्ने, चर्चामा आउने, पानी धमिल्याएर माछा मार्ने, विषयान्तर गर्ने सबै खाले धन्धा बन्द हुनुपर्ने समेत बताएका छन् ।   

गत साउन २० गते पत्रकार पुडासैनीको चितवन स्थित एक होटलमा भुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनलाई आत्महत्या गर्न उत्प्रेरित गरेको भन्दै न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लमिछाने, रिपोर्टर युवराज कँडेल तथा शालिकराम पुडासैनीको प्रेमिका भनिने नर्स अस्मिता कार्कीलाई समेत पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडी बढाइरहेको छ ।   

पत्रकार पुडासैनीले आत्महत्या गर्नु अघि मोवाइलमा एक भिडियो रेकर्ड गरी आफुलाई आत्महत्या गर्न बाध्य पारिएको बताएका छन् । भिडियोमा उनले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीको नामै किटेर आत्महत्या गरेका छन् ।   

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *