७० वर्ष भन्दा माथिका नागरिकले हवाई यात्रा गर्दा पाउने भए ५० प्रतिशत छुट

भाद्र ९, काठमाडौँ । सरकारले अब ७० वर्ष माथिका ज्येष्ठ नागरिकले हवाईमा यात्रा गर्दा भाडामा ५० प्रतिशत छुट दिने भएको छ  ।   

सोमबार मन्त्रालयमा पर्यटनमन्त्री योगेश भट्टराईले पत्रकार सम्मेलन गरी ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।   

साथै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधि पाएकालाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताएका छन् । 

Image result for बृद्ध हवाई यात्रा

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले सम्माननीय भनेर सम्बोधन गरिन्छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *