कुमारी बैंक लिमिटेडले आफ्नो नाफा २९ करोडले वृद्धि गरेर एक अर्ब ३३ करोड पुर्यायो

श्रावन २०, काठमाडौं । कुमारी बैंक लिमिटेडको नाफा १ अर्ब ३३ करोड पुगेको छ । 

बैंकले २०७६ असार मसान्त सम्मको अवधीमा आफ्नो नाफा २९ करोडले वृद्धि गरेर एक अर्ब ३३ करोड पुर्याएको हो । 

२०७५ असार मसान्तमा बैंकको नाफा जम्मा १ अर्ब ४ करोड थियो । बैंकले एक वर्षको अवधीमा आफ्नो नाफा २७.८८ प्रतिशत नाफा वृद्धि गरेको हो । 

null

बैंकको वितरण योग्य नाफा भने ९६ करोड रुपैंयाँ रहेको छ । ८ अर्ब ६८ करोड चुक्ता पुँजी रहेको कुमारीको जगेडा कोषमा २ अर्ब १४ करोड रुपैंयाँ रहेको छ । बैंकले ७३ अर्ब २० करोड निक्षेप संकलन गरेर ७३ अर्ब नै कर्जा लगानी गरेको छ । बैंकको सिडी रेसियो भने ७८.३२ प्रतिशत रहेको छ । 

कुमारीको आधार ब्याजदर १०.८२ प्रतिशत छ भने स्प्रेड दर ३.५४ प्रतिशत छ । प्रति सेयर आम्दानी १५.३६ रुपैंया रहँदा प्रति सेयर नेटवर्थ १३७ रुपैंया रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *