ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु

भदौ ६, ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार साँझ मेघ गर्जनसहित परेको ठूलो वर्षासँगैको चट्याङले फुङ्लिङ नगरपालिका वडा नं. ८ दोखुका भक्तबहादुर विश्वकर्माको मृत्यु भएको हो ।  

घरमा चिया पिउँदै बसिरहेकोबेला लागेको चट्याङ्ले विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजङ लगिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *