रथयात्रामा : हेलिकप्टरबाट पुष्पवृष्टि,ड्रोनबाट सुरक्षा निगरानी

  

भाद्र ७, मोरङ । विराटनगरको  राधाकृष्ण मन्दिरबाट कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रामा हजारौं भक्तजनहरुको सहभागिता  छ ।  ५२औं पटक निकालिएको रथयात्राले तय गर्ने रुटमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुको साथै  रथयात्राको सुरक्षाका लागि एक हजार पाँच सय प्रहरी परिचालन गरिएको थियो । 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार  सम्भावित दुर्घटना नियन्त्रणका लागि ड्रोनबाट सुरक्षा निगरानी गरिएको समेत अधिकारीले मकालु खबर संग  बताए । 

रथयात्रामा  विराटनगर तथा आसपासको क्षेत्रबाट भक्तजन सहभागी थिए । शनिबार दिउँसो ४ बजेबाट निस्किएको रथयात्राको सुभारम्भ प्रदेश १ का प्रमुख गोबिन्दबहादुर तुम्बाहाङ र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संयुक्त रुपमा बेलुन उडाएर गरेका थिए । 

सुनौलो रंगको पैगोडा शैलीको २२ फिट लम्बाई, १४ फिट चौडाई र १८ फिट उचाइको रथलाई सिंगारेर राधाकृष्णको मूर्ति राखिएको छ । रथको अगाडि विभिन्न जातजाति, धर्म, सांस्कृतिक झाँकी छन् । बजार क्षेत्रको सडक मर्मत नभएका कारण रथ तान्न असहज भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *