साउने सोमबारः शिवालयहरुमा भक्तजनको घुईँचो

 

साउन २७, विराटनगर । आज साउन महिनाको चौथो सोमबार । देशभरका शिवालयका साथै विराटनगर नगरक्षेत्रका मन्दिरहहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको चहलपहल बढेको छ । 

विराटनगरको बासुकीनाथ धाम, मण्ठा पोखरी र विराटेश्वर मन्दिर लगायतका शिवालयहरुमा भक्तजन र दर्शनार्थीहरुको भीड लागेको छ । काठमाडौंको पशुपतिनाथ, नवलपरासीको त्रिवेणी तथा देवघाट र झापाको अर्जुनधारामा समेत दर्शनार्थीहरुको बिहानैदेखि भीड लागेको छ । पूर्वाञ्चलकै प्रमुख धार्मिक पर्यटकीयस्थल सुनसरीको धरानस्थित पिण्डेश्वर बाबाधाममा पनि भक्तजनहरुको घुइँचो लागेको छ । 

null

गेरुबस्त्र लगाएर सुनसरीको चतराबाट १६ किलोमिटर पैदलयात्रा गरेर सप्तकोसी नदीबाट जल ल्याएर पिण्डेश्वर बाबाधाममा चढाउनेकोे बिहानैदेखि भीड लागेको छ । पहेंलो बस्त्र अर्थात् गेरुबस्त्र धारण गरी सप्तकोसी नदीको जल ल्याएर पिण्डेश्वर बाबाको मन्दिरमा चढाउँदा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास रहि आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *