युवालाई कृषिमा आकर्षित गर्न घुम्ती रिफण्ड कोष

 

साउन २०, चितवन । व्यवसायिक रुपमा कृषि पेशा गर्न चाहने युवाहरुका लागि खैरहनी नगरपालिकाले घुम्ती रिफण्ड कोष वनाएको छ । 

कृषि पेशामा युवाहरुलाई आर्कषित गर्न चालु आर्थिक वर्षमा नगरपालिकाले व्यवसायिक घुम्ती रिफण्ड कोष वनाएको हो । कोषका लागि यस वर्ष १० लाख रुपैया छुट्याईएको छ । असारमा भएको पाँचौ नगर सभाले कार्यक्रम तथा वजेट पारित गरेतापनि कार्यविधि वनाउन वाँकी रहेको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले वताए । 

null

युवाहरुलाई स्वदेशमै राख्ने वातावरण वनाउन कोष वनाईएको हो मेयर चौधरीले भने – कस्ता युवालाई, कसरी रकम प्रदान गर्ने भन्ने कार्यविधि तयार पार्दैछौ । कृषि पेशा गर्न चाहने युवाहरुलाई पछि फिर्ताको सुनिश्चितता गरि रकम उपलव्ध गराईने छ । यसैगरी खैरहनीले माछापालन गर्ने किसान,समुह तथा सहकारीका लागि नयाँ प्रविधिमा आधारीत यन्त्र उपकरण खरिदका लागि १० लाख, मौरीपालन गर्ने कृषक, समूह तथा सहकारीहरुको सहलगानीमा मह प्रशोधन, भण्डार तथा वजार व्यवस्थापन प्रवर्धनका लागि १० लाख, व्यवसायिक केरा प्रसोधन तथा वजार व्यवस्थापनका लागि ६ लाख रुपैया विनियोजन गरेको छ । 

यस वर्ष सिंचाईलाई जोड दिईएको नगरपालिकाकी उपमेयर सुनिता थपलियाले वताईन् । कृषि उत्पादनलाई वढावा दिन चालु आर्थिक वर्ष २०७६/७७ का लागि ३ करोड ४५ लाख रुपैया विनियोजन गरिएको छ । खैरहनी कृषिको पकेट क्षेत्र हो । यहाँ दुई वाली धान, गहुँ,मकै,केरा,तरकारी राम्रो उत्पादन हुन्छ । कृषिको उत्पादन वढाउँदै किसानको आयआर्जन वृद्धी गर्ने नगरपालिकाको लक्ष्य रहेको छ । 

चालु आर्थिकमा खैरहनीले शीत भण्डार निर्माणका लागि १ करोड २५ लाख रुपैया विनियोजन गरेको छ । खैरहनीसँगै छिमेकी नगरपालिकाहरुबाट उत्पादित कृषि उपज तथा फलफुलहरुको भण्डारन गर्न प्रदेश सरकार, नगरपालिका र सहकारीहरुको सहलगानीमा शीत भण्डार निर्माण गर्न लागिएको मेयर चौधरीले वताए । खैरहनी वडा नम्वर ९ मा शीत भण्डार निर्माणका लागि नगरपालिकाले जग्गा उपलव्ध गराएको छ । 

यस्तै कृषि उत्पादन अभिवृद्धी एवंम् वजार प्रर्वधनका लागि कृषि उपज भण्डारण तथा हाट वजार व्यवस्थापनका लागि २० लाख विनियोजन गरिएको छ । सोही वजारमा अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्न विक्री कक्षको व्यवस्था मिलाईनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *