१० करोडमा बनेको सडक एक महिनामै खाल्डाखुल्डी
साउन २९, धनगढी । असार महिनामा मात्रै निर्माण सम्पन्न भएको कैलालीको धनगढी उप महानगरपालिका वडा नम्बर–३ को चक्रपथको सडक बनेको एक महिनामै भत्किन थालेको छ ।
null
सम्झौता अनुसार समयमै सडक निर्माण कार्य सम्पन्न भएपनि सडक बनेको एक महिना बित्न नपाउँदै सडक ठाउँठाउँमा फुट्ने तथा उप्कीने र खाल्डा पर्ने गरेको पाईएको छ ।
केएस कन्ट्रक्सन, लुम्बीनी कन्ट्रक्सन र जेभी राजेन्द्र निर्माण सेवाले २०७४ साल असार मसान्तमा सडक निर्माणका लागि संयुक्त ठेक्का पाएका थिए ।
१० करोडको लगानीमा असारमा मात्रै निर्माण सम्पन्न भएको पुल सम्पन्न भएको एक सातामै भत्किन थालेपछी स्थानियले सकारी कर्मचारीले पनि ठेकदारसँग मिलेर भत्केको सडकको वास्ता नगरेको आरोप लगाएका छन् ।
यसरी सडक निर्माण भएको एक महिना हुन नपाउँदै सडक भत्कन थालेपछी स्थानियले पुर्न निर्माणको माग गरेका छन् ।
स्थानीय दिपक ढंगालले भने करोडौ खर्च गरेर निर्माण गरिएको सडक कमजोर बनाएकोे बताए । उनले भने –‘सडकसँगै निर्माण गरिएको नाला आधा भन्दा बढी स्थानमा बिग्रेको छ, सडकमा कतै खाल्डा परेका छन् भने कतै सडक भाँसिन थालेको छ ।’
सडक निर्माण भएपछी एकचोटी पनी अनुगमन गर्न सरकारी कर्मचारी नआएका कारण ठेकेदारले काममा लार्पवाही गरेको स्थानीयको भनाई छ । तर सडक निर्माणको जिम्मा पाएको के.एस कन्ट्रक्सनका साईड इन्चार्ज बिक्रम स्वारले भने अहिल्यै सडकको काम पुरा नभइसकेको बताउँछन् ।
उनले अहिले भत्केको सडकलाई वर्षापछि मर्मत गर्न आफूहरु तयार रहेको बताए । तर सडक निर्माणका क्रममा केही स्थानमा कमजोरी भएको हुनसक्ने उनी स्वीकार छन् ।