राहुलको राजीनामापछि सोनिया बनिन् अन्तरिम अध्यक्ष, संकटबाट जोगाउलिन् कांग्रेसलाई ?

 

साउन २६, नयाँ दिल्ली । कांग्रेसले आफ्नो राजनीतिक संकटको चरणमा फेरि एकपटक सोनिया गान्धीको हात थामेको छ । कार्यसमितिले सर्वसम्मतिले शनिबार राति कांग्रेसको अध्यक्षमा सोनिया गान्धीलाई चुनेको छ । 

राहुल गान्धीको राजीनामा पश्चात् पार्टीकाे नेतृत्व गर्न सक्ने कोही नदेखेपछि कांग्रेसले पार्टीलाई संकटबाट जाेगाउन सोनिया गान्धी चुनेकाे हाे ।  

null

कार्यसमितिको यो निर्णयले देखाउँछ  कि वर्तमान परिस्थितिमा कांग्रेस गान्धी परिवार बाहिरको नेतृत्वलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने जोखिम लिन तयार छैन । 

सोनिया गान्धीको कार्यसमितिले भलै अन्तरिम अध्यक्ष चुनेको छ तर यसमा अब केही सन्देह छैन कि अब केही समयसम्म एक पटक फेरि पार्टीको नेतृत्व सोनियाले गर्नेछिन् । 

कांग्रेस विधानअनुसार कार्यसमितिको अन्तरिम अध्यक्ष चुन्ने अधिकार छ । त्यसैले कार्यसमितिले यसैअनुरुप सर्वसम्मतिले सोनियालाई अन्तरिम अध्यक्ष चुन्नुका साथै अखिल भारतीय कांग्रेस समितिको पूर्ण बैठकमा अध्यक्षको चुनाव गर्ने प्रस्ताव पनि पारित गरेको छ । यसबाट प्रष्ट हुन्छ कि उक्त बैठक बोलाएर फेरि एकपटक सोनियालाई पूर्णकालीन अध्यक्ष बनाइनेछ । 

करिब २० वर्षसम्म कांग्रेस अध्यक्षमा रहेर रेकर्ड बनाएकी सोनिया केवल २० महिना पश्चात् फेरि सोही पदमा फर्किएकी छिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *