नायिका शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

भाद्र १, काठमाडौं । श्रीमान छविराज ओझासँग डिभोर्स प्रकरणमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ नगर्न सर्वोच्चले आदेश दिएको छ । 

छविराज ओझाकी जेठी श्रीमतीले बहुविवाह मुद्दा हालेपछि गुमनाम रहेकी शिल्पालाई प्रधानन्यायाधिश चोलेन्द्र शमशेरजवराको एकल इजलाशले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।   

काठमाडौं जिल्ला अदालतमा छवी ओझा र शिल्पा पोखरेलबिरुद्ध पक्राउ पुर्जी जारी गरेपछि छवी र शिल्पा नै फरार थिए । शिल्पा र छविको सम्बन्ध विच्छेद विवाद जिल्ला, उच्च हुँदै सर्वोच्च अदालत पुगेको छ । 

Image result for शिल्पा पोखरेल

आफूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि सर्वप्रथम अभिनेत्री पोखरेल उच्च अदालत पाटनमा निषेधाज्ञा मुद्दा लिएर पुगेपनि शिल्पाको उक्त निवेदनमा साउन २४ गते उच्च अदालतले जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पुर्जीको आदेश रोक्न अस्वीकार गरेको थियो । उच्च अदालतले जिल्लाकै निर्णय सदर गरेपछि शिल्पा सर्वोच्च पुगेकी थिइन् । 

काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषेधाज्ञाको मागसहित शिल्पाले रिट निवेदन दिएकी थिइन् । उच्च अदालतबाट आफू अनुकुल आदेश नभएपछि उनले साउन २९ गते सर्वोच्चमा निवेदन दिएकी थिइन् ।   

छविकी जेठी श्रीमती हेमा ओझाले आफूसँग सम्बन्ध विच्छेद नगरी बहुविवाह गरेको भन्दै दुवै विरुद्ध बहुविवाहको जाहेरी दिएकी थिइन् । उक्त जाहेरीपछि उनीहरुविरुद्ध जिल्ला अदालतमा बहुविवाहको मुद्दा दायर भएको थियो । निर्माता ओझा र नायिका पोखरेलविरुद्ध बहुविवाहको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालामा गत साउन ५ गते जाहेरी परेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *