हटकेसको खानाभित्र थियाे ह्याक्सो ब्लेड !

 

साउन २७, काठमाडौं । महानगरीय प्रहरी वृत्त सिंहदरबारको थुनाबाट भागेका ४ जनामध्ये एक जना पक्राउ परेका छन् । 

मोटरसाइकल चोरी अभियोगमा थुनामा रहेका उनीहरु साउन २५ गते शनिबार राती हिरासतको डण्डी काटेर फरार भएका थिए । ती मध्ये सुकलाल वाइवा सोमबार बिहान काठमाडौंको दक्षिणढोकाबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । 

null

फरारमध्ये दुई जना सुब्बा लामा र अनिल थापालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । अन्य दुई जना भने फरार थिए । फरार सुकलाल पक्राउ परे भने अर्का फरार मदन तामाङको खोजी भइरहेको छ । 

प्रारम्भिक अनुसन्धानमा थुनामा रहेका उनीहरूलाई भेट्न गएका व्यक्तिले खानामा ह्याक्सो ब्लड राखेर थुनुवा कक्षसम्म पुर्याएको खुल्न आएको डिएसपी बोगटीले बताए । खानाको हटकेसभित्र ब्लेड राखेको देखिएको पनि जानकारी गराए । 

‘प्रहरीले खाना मात्र टेस्ट गरायो । तर खानाको तलपट्टी ब्लेड राखेको देखिन्छ । थप अनुसन्धान हुँदैछ’, डिएसपी बोगटीले भने । उनका अनुसार भगाउन सहयोग गर्ने करण मोक्तान र रमेश सुनुवारलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । 

घटनाको अनुसन्धान गर्ने परिसरले एसपी अशोक सिंहको नेतृत्वमा छानविन समिति समेत गठन गरेको छ । समितिले डियुटीमा रहेका तीन जना प्रहरीलाई निलम्बन गरि अनुसन्धान गरिरहेको छ । 

यसअघि पनि महानगरीय प्रहरी प्रभाग भैँसेपाटीको थुनुवाकक्षबाट रुद्रलाल श्रेष्ठ र शम्शेर साह यसै गरी फरार भएका थिए । महाशाखाको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *