लिम्बुवान राष्ट्रिय मोर्चा नेपालको पहिलो बैठक, ८ बुँदे निर्णय सार्वजनिक

भाद्र १४, धरान । लिम्बुबान राष्ट्रिय मोर्चाले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकताको ख्याल गर्दै आत्मनिर्णयको अधिकार सहित लिम्बुवान स्वायत्त प्रदेश स्थापना भन्ने मुख्य कार्यभार सहित एकताको राजनीतिक प्रतिवेदन पारीत गरेको छ ।   

एमाले र माओवादी केन्द्र वीच एकता भएर नेकपा बनेपछि पहिलो पटक दुई पार्टीका जनवर्गीय सङ्गठनका रूपमा रहेका एमालेको नेपाल किरात लोकतान्त्रिक लिम्बू संघ र माओवादीको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा बीच हिजो मात्रै धरानमा एकता एकता सम्पन्न भएको थियो । दुई लिम्बुवान बीच एकता भएपछि अब संगठनको नाम लिम्बुवान राष्ट्रिय मोर्चा नेपाल भएको छ भने मोर्चाले २ सय २५ सदस्यीय समिति बनाएको छ । 

नेकपाको केन्द्रीय स्थायी समिति सदस्य भीमप्रसाद आचार्य, प्रदेश १ मुख्यमन्त्री शेरधन राई, अर्थ तथा योजनामन्त्री इन्द्र आङ्बोको उपस्थितिमा दुई लिम्बुवान बीच एकता भएको हो । एकतापछि बनेको मोर्चाको संयोजकमा मुक्सामहाङ मेन्याङ्बो र सह–संयोजकमा त्रिवेणी चोङ्बाङ रहेका छन् । मुक्सामहाङ तत्कालीन माओवादी केन्द्रबाट र त्रिवेणी एमालेबाट रहेका छन् ।  

मोर्चाको सदस्य–सचिवमा याम सुब्बा, कार्यालय सचिव पकन्दी लिम्बू रहेका छन् । मोर्चाले १६ जना कार्यालय सचिवालय र ६६ जनाको सचिवालय समिति पनि बनाएको आज पत्रकार सम्मेलन गरी जानकारी गरायो ।   

मोर्चाका संयोजक मुक्सामहाङ मेन्याङवोले राष्ट्रिय सम्मेलन र सम्मेलनपछि मोर्चाको बसेको पहिलो बैठकले गरेको ८ बुँदे निर्णय सार्वजनिक गरे । जस अनुसार मोर्चाले केन्द्रीय कार्यालय १६ सदस्य र बिधानमा ब्यवस्था भए बमोजिम हाललाई केन्द्रीय कार्यालय ६६ सदस्यीय हुने निर्णय गरिएको छ । मोर्चाको केन्द्रीय कमिटि तथा सचिवालयको अन्तिम नामावली टुङयाउने जिम्मेबारी पनि संयोजक र सह–संयोजकलाई दिइएको छ ।   

मोर्चाको केन्द्रिय कार्यालय धरानमा रहने तथा केन्द्रीय सम्पर्क कार्यालय काठमाडौंमा ब्यवस्थापन गर्ने, जिल्ला प्रवास सम्पर्क र सबै स्थानीय तहहरुको एकता भेला यहि आउँदो मंसिर मसान्तभित्र गर्ने, सबै स्थानीय तहको एकता भेला सम्पन्न पछि १ बर्ष भित्र राष्ट्रिय सम्मेलन गर्ने, मोर्चाको बिधान र राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने, केन्द्रीय सदस्यहरुबाट मासिक २ सय लेवी लिईने र मोर्चाको सदस्य सचिवमा याम सुब्बा र कार्यालय सचिवमा कपन्दी लिम्बुलाई मनोनित गर्ने समेत निर्णय गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *