चीनमा पहिराेकाे कारण १७ मजदूर बेपत्ता
मकालु खबर
२०७६ साउन ३२ गते
साउन ३१, बेइजिङ । दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ ।
पहाडीका इलाकामा रेलको लिक निर्माण कार्यमा संलग्न १७ जना कामदार बेपत्ता रहेका चाइना डेलीले जनाएको छ । सिचुआन प्रान्तको गान्लुओ ग्रामीण इलामा एकदम छिटो सो पहिरो आएको प्रत्यक्षदर्शीले बताएका छन् ।
रेल निर्माणको निरीक्षण गरिरहेका चीनका रेल अधिकारी चुन कुनले चट्टान र माटो दुई वा तीन सेकेन्डभित्र खसेको र आफूहरु दौडिरहेको बेलामा चट्टानले आफूलाई पछ्याएको महसूस भएको बताएका छन् । एएफपी
मकालु खबर
२०७६ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित