यात्रुको एक लाख २० हजार चोरी गर्ने चोर पक्राउ
मकालु खबर
२०७६ साउन २१ गते
साउन २०, जनकपुर । आईतबार साँझ जनकपुरबाट सिरहाको माडरतर्फ जाँदै गरेको बसमा यात्रुको पाकेटमारी भाग्दै गरेको एक चोरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका ९ निवासी २४ बर्षीय मोहम्मद राज शेख भएको प्रहरीले जनाएको छ ।
null
बसभित्रका यात्रु शेखले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया भवरीका ५८ वर्षीय रामु यादवकाे गोजीमा रहेको एक लाख २० हजार रकम पाकेटमारी भाग्ने क्रममा उनलाई पिडारी चोकमा ड्यूटीमा खटिएका प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
पक्राउ परेका शेखमाथी कारवाही अघी बढाई आवश्यक अनुसन्धान भईरहेको र उनले पाकेट मारेको उक्त रकम यात्रु यादवलाई बुझाई सकिएको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित